फरक क्षमता (अपाङ्गता) भएकी महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा फरार रहेका एक पुरुषलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
लिखुपिके गाउँपालिका–२ पोखरी निवासी ४५ वर्षीय रामचन्द्र बस्नेतलाई काठमाडौँ महानगरपालिका–१६, बनस्थलीबाट श्रावण १९ गते पक्राउ गरी उनलाई अनुसन्धानका लागि सोलुखुम्बु ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीका अनुसार, बस्नेतले २०८१ साल श्रावण ६ गते फरक क्षमता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो।
घटनापछि फरार रहेका उनलाई प्रहरीले खोजी तिब्र बनाएको थियो।
पक्राउ परेका बस्नेतलाई सोलुखुम्बु जिल्ला अदालतमा बुधवार ७ दिनको म्याद लिइएको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
घटना गम्भीर प्रकृतिको भएको भन्दै सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया