समाज


बबई नदीको बीच भागमा फसेका दुई वृद्धको उद्धार

बबई नदीको बीच भागमा फसेका दुई वृद्धको उद्धार

नेपालखबर
साउन २०, २०८२ मंगलबार १७:५६, काठमाडौँ

बर्दिया जिल्लाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाइवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए। 

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको हो। 

उद्वार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने र ती स्थानमा उद्धारका लागि सशस्त्र परिचालन गरिएको छ। 

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ। जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेबल मानिन्छ। 

डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad