समाज


सिमलताल र चरौँदीमा ‘आईओटी’ जडान, सशस्त्र तालिम शिक्षालय कुरिनटारमा विपद्‍को साइरन बज्ने

सिमलताल र चरौँदीमा ‘आईओटी’ जडान, सशस्त्र तालिम शिक्षालय कुरिनटारमा विपद्‍को साइरन बज्ने

नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:५५, काठमाडौँ

घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनको लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका–७ चरौंदीमा इलेक्ट्रिक डिभाईस (आईओटी) जडान गरिएको छ।

बाढी दुर्घटना हुनसक्ने स्थान छनौट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जीपीएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाईस जडान गरिएको हो।   

दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि उक्त स्थानमा रहेका स्थानीय वासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाईसमा रहेको हरियो वटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, वटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साईरन बज्नेछ भने तालिमकेन्द्रमा रहेको मोनिटरमा लोकेशनसहितको जानकारी समेत हेर्न सकिने छ।

यसरी घटनाबारे साईरन बजेर दुर्घटना स्थानकाबारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुनेछ।

सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय वासिन्दाहरुलाई प्रयोगको तरिका र अबस्था बारे जानकारी गराएको छ। 

त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय वासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका  र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन्।

एप्सभित्र रहेको एसओएस (एसओएस) वटनमा क्लिक गर्दा त्यसभित्र रहेको चारवटा अप्सन एम्बुलेन्स, बाढी पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिने छ, त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ। सो एप्सलाई डाउनलोड गरी अफलाईनमा समेत जानकारी गराउन सकिनेछ। 

नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोवाईल एप्सले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारको लागि सहजताका साथै आम नागरिकहरुको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad