समाज


कारागारबाट छुटेपछि दुर्गा प्रसाई- तरिका र शैली बदलिएला तर मेरो स्वभाव परिवर्तन हुनेछैन

‘कारागार पनि मलाई घरभन्दा फरक लागेन’
कारागारबाट छुटेपछि दुर्गा प्रसाई- तरिका र शैली बदलिएला तर मेरो स्वभाव परिवर्तन हुनेछैन

नेपालखबर
साउन १९, २०८२ सोमबार २३:१३, काठमाडौँ

तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईले तरिका र शैली बदलिए पनि आफ्नो स्वभाव भने नबदलिने बताएका छन्। 

उच्च अदालत पाटनले तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा २५ लाख रुपैयाँ धरौटी लिएर रिहा गरेपछि प्रसाईले यस्तो प्रतिक्रिया दिएका हुन्। 

उनले आफू भावी योजनाका साथ घर फर्केको उल्लेख गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्-

 सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनि म अदालतको आादेशलाई शिरोपर गर्दै खुसीसाथ नै कारागार गएको थिएँ। आज उच्च अदालतको आदेशबाट रिहा हुँदा पनि देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभास दिलाउनुहुने समस्त श्रीमानसहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घर भन्दा फरक लागेन। कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु । 

म मेरो लागी हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad