सवारीपासले लकडाउन उल्लंघन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरणमा कडाइ गरेको छ।
लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको हो।
अब परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने सूचना जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जनाएका हुन्।
प्रतिक्रिया