समाज


मह जोडीलाई प्रहरीको सम्मान

मह जोडीलाई प्रहरीको सम्मान

नेपालखबर
साउन १२, २०८३ मंगलबार २१:५१, काठमाडौँ

वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कलाकारद्वयलाई कदरपत्र प्रदान गरेका हुन्।

महानिरीक्षक कार्कीले हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयवस्तुहरूलाई जनमानसमा पुर्‍याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अमूल्य योगदान दिएको बताए।

श्रेष्ठ र आचार्य आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला, आवाज र लोकप्रियतालाई समर्पित गरी 'एन्टी ह्युमन ट्राफिकिङ अवारनेस'को राजदूतको रूपमा सहकार्य गर्दैछन्।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस, २०२६ को अवसरमा ‘ट्रयाप्ड बिहाइन्ड द स्क्याम’ भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।



कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गरे।

उनले विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको स्पष्ट पारे।

त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad