समाज


लकडाउनको पालना भए नभएको अनुगमन टोलसुधार समितिले गर्ने

लकडाउनको पालना भए नभएको अनुगमन टोलसुधार समितिले गर्ने

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ५:३४,

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको पालना भए नभएकोबारे  टोलसुधार समितिले अनुगमन गर्ने भएको छ।

काठमाडौँको कोटेश्वरस्थित दीपनगर टोलसुधार समितिले टाेलभित्र लकडाउनको पालना भए नभएकोबारे अनुगमन गर्ने भएको हाे।

बुधबार बिहान टोलसुधार समितिले टोलभरी माइकिङ गर्दै सरकारले जारी गरेको लकडाउनलाई कडाइका साथ पालन गर्न गराउन आग्रह गरेको हो।

समितिका सल्लाहकार हंसराज वाग्लेले लकडाउनको पालना भए नभएको बारे टोल सुधार समितिले अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने बताए। यसअघि टोलमा लकडाउनको पालना भए नभएको अनुगमन प्रहरीले गर्दै आए पनि अब भने टोलसुधार समितिले नै गर्ने उनकाे भनाइ थियो।

उनले फलफूल तराकार, खाद्यान्न, दूध लगायतका अत्यावस्यक सामग्रीहरु बेच्ने पसल बिहानको समयमा मात्रै खुला गर्ने  र सामाजिक दूरी कायम गरेर बेच्न र किन्न आग्रह गरे।

उनले दीपनगर टोलमा बस्ने जो कोही पनि अप्ठ्यारोमा परे, दैनिक मजदुरी गर्नेहरुलाई खाद्यान्न तथा अन्य समस्यामा परे, कोही बिरामी परे समितिका पदाधिकारीलाई  सम्पर्क गर्न आग्रह गर्दै समिति हरतरहको सहयोग गर्न तयार रहेको बताए।

‘हामीले यो टोललाई कोरोना मुक्त बनाउन चाहन्छौँ, त्यसका लागि तपाईं टोलबासीहरुले सहयोग गर्नुपर्छ’, उनले भने, ‘टोलभित्र बस्ने र डेरागरी बस्ने सबैको समस्या समधान गर्न समिति तयार छ, कसैलाई भाेकाे रहन दिने छैनाैँ।'

स्थानीय राजनीतिकर्मी नारायाण गिरीले टोल सुधार समितिले तयार पारेको निर्देशन पढेर सुनाएका थिए। उनले यो संकटको अवधिमा पाहुना नबाेलाउन र आफू पनि पाहुना बस्न नजान टोलबासीलाई आग्रह गरे। उनले पाहुना भित्र्याउने र त्यसको जानकारी नदिनेलाई क्वारेन्टिनमा पठाउने चेतावनीसमेत दिए।

उनले हालै विदेशबाट कोही आएको भए टोलसुधार समितिको सम्पर्कमा आउन समेत आग्रह गरेका थिए।

सो कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष नानीकाजी सिलवाल, पूर्वअध्यक्ष विष्णु भण्डारी, समितिका अन्य पदाधिकारी, सदस्य  र स्थानीय अगुवाहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad