नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरे नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
मन्त्रिपरिषदको चैत ९ गतेको बैठकले उनलाई निगम सञ्चालक समितिको सदस्य बनाएको थियो।
योसँगै तीन महिनादेखि रिक्त रहेको पदपूर्ति भएको छ। पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएका थिए। अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मावारी दिइएको हो।
घिमिरेअघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारभन्दा एक तहमाथि झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए।
तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिई अष्ट्रेलिया लागेका थिए। घिमिरे पर्यटन सचिव हुँदा १८ महिना निगमको सञ्चालक समितिको अध्यक्ष थिए।
Shares

प्रतिक्रिया