समाज


बाख्रा चराउन गएका युवकको भिरबाट लडेर मृत्यु

बाख्रा चराउन गएका युवकको भिरबाट लडेर मृत्यु

नेपालखबर
साउन १८, २०८२ आइतबार १०:५१, काठमाडौँ

हुम्लाको अदानचुलीमा बाख्रा चराउन वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया नान बुढाकाे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
 
बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब एकसय मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले जानकारी दिइन्।

जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेका छन्। 

सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो। जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन। यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad