हङकङ अब्जर्भेटरीले सहरमा आइतबार दोस्रो एम्बर वर्षाको संकेत जारी गरेको छ। यो सँगै तल्लो तटीय क्षेत्रमा बाढीको चेतावनी समेत दिएको छ।
एम्बर वर्षाको अर्थ एक घण्टामा ३० मिलिमिटरभन्दा बढी वर्षा हुनु हो।
‘तल्लो र कम पानी जम्ने क्षेत्रहरूमा बाढी आउनेछ। प्रभावित क्षेत्रका बासिन्दाले उत्पन्न जोखिमतर्फ सावधानी अपनाउनुपर्छ,’ अब्जर्भेटरीको बुलेटिनमा भनिएको छ।
यसका साथै, पूर्वानुमानकर्ताले भनेका छन् कि शनिबार साँझ जारी गरिएको आँधीबेहरीको चेतावनी आइतबार कम्तीमा साढे १२ बजेसम्म प्रभावकारी रहनेछ।
यसैगरी सांस्कृतिक सेवा विभागले हङकङ टापुको डीप वाटर बे बिच र साइकुङको हाप मुन बे बिचका समुद्र तटमा रातो झन्डा फहराइएको बताएको छ।
रातो झन्डाले समुद्रमा प्रवेश नगर्न संकेत गर्दछ।
शनिबार पनि हङकङमा मुसलधारे पानी परेको थियो। जसका कारण केही केही क्षेत्रमा बाढी समेत आएको थियो।
Shares

प्रतिक्रिया