समाज


आज यी ४७ जिल्लामा बाढीको जोखिम, जारी गरियो ‘एल्लो अलर्ट’

आज यी ४७ जिल्लामा बाढीको जोखिम, जारी गरियो ‘एल्लो अलर्ट’

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८२ आइतबार ९:८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन १८, आइतबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

जिल्लाका दृष्टिले आज इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुमपश्चिम, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

साथै आज मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बागलुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ। 

बाढी महाशाखाले उल्लिखित ४७ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै होसियारी अपनाउन सुझाव दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad