काभ्रेका एक वृद्ध सुनकोसी नदीमा बेपत्ता भएका छन्।
शनिबार दिउँसोदेखि तेमाल गाउँपालिका- ३ श्रमथली माझीटोल निवासी ७० वर्षीय गणेश माझी सुनकोसीमा बेपत्ता भएका हुन्।
स्थानीय मलुवा भन्ने ठाँउबाट उनले आफैँ सुनकोसीमा फाल हानेका प्रत्यक्षदर्शीले बताएका छन्।
स्थानीयले खबर गरेपछि प्रहरी चौकी पचुवारघाटबाट गएको प्रहरीले माझीको खोजी गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
516
Shares

प्रतिक्रिया