नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकस्थित सडकमा बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु.२ ख ६५७ नम्बरको बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
नाम, थर र वतन नखुलेका गम्भीर घाइते अन्दाजी ४५ वर्षीय पुरूषको चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार १३ जना मध्ये ३ जनाको चिसापानी अस्पताल बर्दघाटमा र १० जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा रूपन्देहीमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
54
Shares

प्रतिक्रिया