समाज


काठमाडौँको चक्कुमार्गबाट ४८३ किलो काजु बरामद

काठमाडौँको चक्कुमार्गबाट ४८३ किलो काजु बरामद

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:२९, काठमाडौँ

काठमाडौँबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ।

प्रहरी वृत्त कालिमाटीले उक्त परिमाणको काजुसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह रहेका छन्।

काठमाडौं महानगरपालिका–१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

काजु प्रतिकिलो एक हजार ३ सय रुपैयाँले बिक्री हुने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad