वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका पाँच एजुकेसन कन्सल्टेन्सीलाई साढे ३ लाखबराबरको जरिवाना तिराएको छ।
विभागले गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम जरिवाना तिराएको हो।
विभागले शुक्रबार १३ वटा व्यावसायिक संस्थाहरुमा अनुगमन गरेको थियो। जसमा काठमाडौंको ग्लोबल एज कन्सल्टेन्सीलाई एक लाख रुपैयाँ, रिलिजेन्ट इन्टरनेशनललाई १ लाख, फास्टलेन टेक्निकल इन्स्टिच्युट कन्सल्टेन्सी, ए वान ग्लोबल कन्सल्टेन्सी र मिरेकल एजुकेसन सर्भिस प्रत्येकलाई ५१ हजारका दरले जरिवाना तिराएको हो।
योबाहेक कृष्ण फाउन्डेसन, सा.सा. फेन्सी कलेक्सन र रुकमणी मार्बल एन्ड ग्रेनाइट हाउसबाट कागजात मगाएको छ।
योबाहेकका संस्थाहरुमा भने विभागले सामान्य निर्देशन दिएको हो।
147
Shares

प्रतिक्रिया