समाज


राशिफल १६ साउन : तुला प्रेममा सफल, कर्कटलाई सहकर्मीबाट विरोध, तपाईँको भाग्य कस्तो?

राशिफल १६ साउन : तुला प्रेममा सफल, कर्कटलाई सहकर्मीबाट विरोध, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
साउन १६, २०८२ शुक्रबार ४:३९, काठमाडौँ

आज शुक्रबार, १६ साउन २०८२ (१ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: नयाँ कार्यको योजना बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कला र गलाको प्रभाव बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: धनार्जन हुनेछ। सुखद यात्राको अवसर छ। सहयोगी हात अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: यात्रामा मालसामान हराउन सक्छ, होस् पुर्‍याउनु होला। आर्थिक समस्याले तनावको सिर्जना हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। सहकर्मीबाट विरोध आउला।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: दिन सकारात्मक छ। मित्र वर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कन्या: धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक: आम्दानी घट्दा दैनिक खर्चको जोहोमा समस्या हुन सक्छ। सरकारी निकायको भय रहला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। स्वास्थ्यमा समस्या आउनेछ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

धनु: नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ। अधुरो काम पनि सम्पन्न होला। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

मकर: आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ नै मिल्ला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन: लाभहानि मध्यम रहनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। कसैलाई वचन दिँदा भने विचार पुर्‍याएर मात्र दिनु होला नत्र अप्ठेरो पर्न सक्छ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै बेस। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad