राजनीति


मधेसमा खानेपानी प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

मधेसमा खानेपानी प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
साउन १५, २०८२ बिहिबार १६:२४, काठमाडौँ

राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशसहित देशका विभिन्न भूभागमा खानेपानी समस्या देखिएको भन्दै समास्या समाधानका लागि उचित बजेटको व्यवस्थाको प्रबन्ध गर्न अर्थ मन्त्रालयला निर्देशन दिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले  खानेपानी समस्याको समाधान गर्न संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न अर्थ मन्त्रालय प्रधानमन्त्री कार्यालय अर्थमन्त्रालय, खानेपानी मन्त्रालयलाई निर्देशन गरेको हो।

समिति सभापति कमला पन्तले खानेपानीको समस्या अपात्कालिन समस्या रहेकाले साविकको बजेटको सीमाभित्र बसेर काम गर्न अप्ठ्यारो हुनसक्ने भएकाले बजेटको प्रवन्ध गर्न निर्देशन दिइएको बताइन्।

उनका अनुसार अहिलेको बजेट तत्कालिन विनियोजन भएको बजेटले समस्या समाधान गर्नसक्ने अवस्था नरहन सक्छ ।

‘मधेस प्रदेश लगायत देशका विभिन्न भूभागमा देखिएको खानेपानी समस्याको समाधान गर्न संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरि माग सम्बोधन गर्न नेपाल सरकार प्रधानमन्त्री कार्यालय अर्थमन्त्रालय, खानेपानी मन्त्रालयलाई निर्देशन गर्दछु' उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad