समाज


आज यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ४ सडक एकतर्फी

आज यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ४ सडक एकतर्फी

नेपालखबर
साउन १५, २०८२ बिहिबार १२:३२, काठमाडौँ

वर्षा र बाढी-पहिरोको कारण देशका सातवटा राजमार्ग आज पूर्ण रुपमा अवरुद्ध भएका छन्। 

ती सडकमा अहिले गाडी चल्न सकेका छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास हुँदै आएको छ। 

त्यसैगरि आज चारवटा सडक एकतर्फी भएका छन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही-रुकुम सहिद मार्ग र रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरि करिडोर सडक पूर्णरूपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। 

नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडक, तनहुँको पृथ्वीराजमार्ग र रोल्पाको सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad