मौसम पूर्वानुमान महाशाखाले आज (साउन १५, बिहीबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : लुम्बिनी प्रदेश र सुदुूपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेशका तराईका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया