नेपालमा मनसुन सुरु भएको करिव डेढ महिना बितिसकेको छ। गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो।
तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन्।
यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो। तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन। आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ।
यसका कारणबारे पराजुलीको विश्लेषण यस्तो छः
रसुवामा गत राति मध्यम किसिमको बाढी आएको देखिन्छ। करिव रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ। बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो र केही नोक्शान गरेको छ की भन्ने हो। यसको जटिलता नुवाकोटसम्मै रहेको छ। पछिल्लो २४ घण्टामा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले यो क्षेत्रमा सतर्कता अपनाउनुहोला। नदी तटीय क्षेत्रमा जलविद्युत आयोजनाहरु जे जति छन्, ती आयोजनाहरुका क्षेत्रमा मुख्यतया सतर्कता अपनाउनुपर्छ।
हिमताल नफुटेको र वर्षा मात्रैको अवस्था हो भने मध्यम किसिमको जोखिम छ, ठूलो जोखिम छैन। बस्तीमा बाढी पस्ने सम्भावना छैन। मनसुन करिव डेढ महिना पार गर्दा देशका कुनैपनि ठूला नदीहरुमा खतराको तह पार गरेको छैन। आगामी ३ दिन पनि कुनै प्रमुख नदीहरुमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन। साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्छ।
आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान गरेका छौँ। आागमी २४ घण्टाका लागि यो जोखिम हो। पछिल्लो डेढ महिना मधेस प्रदेशमा एकदमै कम वर्षा भयो। करिव ५० प्रतिशत वर्षा सरदरलाई हेर्दा मनसुनको यो अवधिसम्म भइसक्नुपर्नेमा २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको छ।
हालसम्म पर्नुपर्ने समग्र वर्षाको आधा वर्षा पनि भएको छैन। अब केही सुधार देखिएको छ। पछिल्ला केही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा पनि केही पानी पर्ला जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर ३ दिनसम्मको पूर्वानुमान गरिएको छ। मनसुन सक्रिय हुने देखिएको छ।
Shares

प्रतिक्रिया