समाज


भोटेकोसीमा बाढी आउँदा नुवाकोटमा त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो

त्रिशूली-काठमाडौँ प्रसारण लाइनको स्टेशनमा क्षति
भोटेकोसीमा बाढी आउँदा नुवाकोटमा त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो

नेपालखबर
साउन १४, २०८२ बुधबार ८:३५, काठमाडौँ

बुधबार बिहान तीन बजेदेखि रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आएको छ। 

बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेका छन्।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। 

बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको हाे। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिरहेका छन्।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad