समाज


रसुवाको ल्हेन्दे खोलामा ठूलो बाढी, भोटेकोसी र त्रिशूली नदीआसपास सजगता अपनाउनू: प्राधिकरण

रसुवाको ल्हेन्दे खोलामा ठूलो बाढी, भोटेकोसी र त्रिशूली नदीआसपास सजगता अपनाउनू: प्राधिकरण

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८२ बुधबार ७:५४, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ ल्हेन्दे खोलामा चीनतर्फबाट ठूलो बाढी आएकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोसी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन सुझाव दिएको छ।

प्राधिकरणका अनुसार आज बिहान अन्दाजी २ बजे रसुवाको गोसाइँकुण्ड-२ ल्हेन्दे खोलामा मित्रराष्ट्र चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको हो। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

चेतावनी जारी गर्दै प्राधिकरणले भनेको छ, ‘अहिले पनि बाढीको सतह उच्च नै रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोसी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्यहरू नगरिदिनुहुन पनि आग्रह गरिन्छ।’

यसअघि गत असार २५ गते पनि ल्हेन्दे खोलामा चीनतर्फबाटै भीषण बाढी आउँदा ठूलो मात्रामा जनधन क्षति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad