समाज


सिन्धुलीबाट हराएका १६ जनाको हायु परिवार कास्कीको गगनगौँडामा भेटियो

सिन्धुलीबाट हराएका १६ जनाको हायु परिवार कास्कीको गगनगौँडामा भेटियो

नेपालखबर
साउन १२, २०८२ सोमबार २१:२४, काठमाडौँ

सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जनाको हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए। 

शनिबार राति पोखराकै होटल जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।

त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले नेपालखबरलाई जानकारी दिए।

पोखरा महानगरपालिका वडा नं ३० का चन्द्र भण्डारीको घरमा चारजना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना रहेका प्रहरीले जनाएको छ।

अहिले प्रहरी टोली त्यहाँ पुगेर ल्याउने तयारी गरिरहेको छ।

कास्की प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी उनीहरूको नाम रुजु गर्ने काम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad