भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारको एक घरमा आज बिहान मृत अवस्थामा फेला परेका दुई किशोरी सुर्खेत घरबाट भागेर आएको खुलेको छ।
सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको ढुंगानाले बताए।
3.5k
Shares

प्रतिक्रिया