अस्ट्रेलियाले अमेरिकाबाट गाईको मासु (गोमांस) आयातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ।
सन् २००३ देखि अस्ट्रेलियामा अमेरिकी गाईको मासु लगभग पूर्ण रूपमा प्रतिबन्धित छ। त्यतिबेला ‘म्याड काउ डिजिज’ नामक रोग फैलिएको थियो।
अस्ट्रेलियामा विश्वको सबैभन्दा कडा जैविक सुरक्षा कानुन छ, त्यसैले यो प्रतिबन्ध लगाइएको थियो।
अस्ट्रेलिया सरकारले यो निर्णय एक दशक लामो अनुसन्धानपछि लिइएको बताएको छ।
अमेरिकाले गाईको मासु सुरक्षासँग सम्बन्धित नियममा सुधार गरेको पाइएपछि यो निर्णय गरिएको अस्ट्रेलियाले जनाएको छ।
72
Shares

प्रतिक्रिया