समाज


काठमाडौँमा मध्यरातदेखि वर्षा जारी

काठमाडौँमा मध्यरातदेखि वर्षा जारी

नेपालखबर
साउन ६, २०८२ मंगलबार ५:३७, काठमाडौँ

काठमाडौँ उपत्यकामा अहिले (मंगलबार बिहान) पानी परिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातदेखि नै हल्का वर्षा भइरहेको हो। 

‘उपत्यकाका सबै स्थानमा त होइन’, उनले भने, ‘केही स्थान अर्थात् आधाजसो ठाउँमा हल्का वर्षा भइरहेको छ।’

उनका अनुसार यतिबेला सन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायत जिल्लामा पनि वर्षा भइरहेको छ। 

‘पानी पार्ने प्रणाली दक्षिण-पश्चिम सरिरहेको छ’, मौसमविद् अधिकारीले नेपालखबरसँग भने, ‘त्यसैले अब १/२ घण्टापछि काठमाडौँ उपत्यकामा वर्षा कम हुँदै मौसम सुधारतिर जाने देखिन्छ।’ 

मौसम महाशाखाले पनि मंगलबार बिहान ५:२० बजे सूचना जारी गर्दै भनेको छ, ‘गएको १२ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पानी परेको छ। सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्ला (५०-५५ मि.मि.) तथा मनाङ जिल्ला (४७ मि.मि.) मा परेको देखिन्छ। पानी पार्ने बादल बिस्तारै दक्षिण-पश्चिम सरिरहेकाले हालका लागि ती स्थानमा परेको पानी कम हुँदै जाने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad