समाज


पौडी खेल्दा पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

पौडी खेल्दा पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८२ मंगलबार ५:४२, नवलपरासी पूर्व

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। 

स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरका आठ वर्षीय छोरा आकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बालक छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएका थिए। 

पौडी खेल्ने क्रममा बालक डुबेपछि स्थानीयले उद्धार गरेका थिए। उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad