गएको २४ घण्टामा रुसमा २५ सय ५८ जना नयाँ संक्रमित थपिएका हुन्। दैनिक संक्रमितको संख्यामा यो नै अहिलेसम्मको उच्च संक्रमित संख्या हो।
यससँगै रुसमा कोरोना संक्रमितको संख्या १८ हजार ३२८ पुगेको छ। त्यहाँ १ सय ४८ जनाको मृत्यु भइसकेको छ।
विश्वव्यापी बनिसकेको कोरोना महामारीका कारण हालसम्म १८ लाख ६१ हजार ६७२ संक्रमित बनेका छन्।
हालसम्म १ लाख १४ हजार ९८० को मृत्यु भइसकेको छ। ४ लाख ३१ हजार ५३६ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
प्रतिक्रिया