समाज


डार्क फाइल प्रकरणमा फरार राजकुमार तिमिल्सिना पक्राउ

डार्क फाइल प्रकरणमा फरार राजकुमार तिमिल्सिना पक्राउ

नेपालखबर
साउन ५, २०८२ सोमबार १४:३६, काठमाडौँ

सिधाकुरा अनलाइनलाई नक्कली अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

सर्वोच्च अदालतले गत असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक, सम्पादकमेतलाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गरेको थियो। 

सिधाकुराका प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन/तीन महिना कैद सजाय सुनाइएको र क्षमायाचना गरेमा ७ दिन मात्रै कैद हुने सजाय तोकिएको थियो। उनीहरू क्षमायाचना गरेर कैद मुक्त भएका थिए। 

तिमिल्सिनालाई भने ६ महिना कैद सजाय सुनाइएको थियो। बयान दिन उपस्थित भएका उनी त्यसपछि भने फरार थिए। प्रहरीले उनलाई कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरेको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad