समाज


पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता, बुहारीले भागेर ज्यान जोगाइन्

पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता, बुहारीले भागेर ज्यान जोगाइन्

घटनास्ठल


नेपालखबर
साउन ४, २०८२ आइतबार ८:८, काठमाडौँ

गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन्।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले  घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी जिल्ल प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए। 

‘पहिरोले राति घर पुरिँदा पतिपत्नी बेपत्ता भएका र बुहारी ३२ वर्षीया पवित्राले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले नेपालखरसँग भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ। सबै विवरण आइसकेकाे छैन।’

रातिको घटना भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए। 

बाढी पहिरोको कारण घटनास्थलसम्म पुग्ने सडक अवरुद्ध भएकाले अहिले प्रहरी पैदलै घटनास्थलतिर जाँदैछ। घटनास्थलमा पुग्न झण्डै तीन घण्टा लाग्ने सापकोटाले बताए।  

स्थानीयवासी र जनप्रतिनिधिले घटनास्थलमा पुगेर बेपत्ता दम्पतीको खोजी कार्य सुरु गरेका छन्। 

‘हाम्रो टोली घटनास्थलमा पुगिसकेपछि यथार्थ विवरण आउँछ,’ इन्सपेक्टर सापकोटाले भने, ‘उद्धारको लागि डिमुवा प्रहरी चौकीबाट पनि प्रहरी टोली जाँदैछ।’ 

त्यो क्षेत्रमा पहिरोले अरु क्षति गरे नगरेको खबर आइन नसकेको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad