ad ad

समाज


पर्सामा समातिएका १९ जना भारतीय क्वारेन्टिनमा, ढाँटेको आशंकामा छुट्टाछुट्टै बयान

पर्सामा समातिएका १९ जना भारतीय क्वारेन्टिनमा, ढाँटेको आशंकामा छुट्टाछुट्टै बयान

नेपालखबर
चैत ३०, २०७६ आइतबार १५:८,

वीरगञ्जमा तीन जना भारतीयमा कोरोना भाइरस संक्रमण देखिएपछि अन्य १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारन्टिनमा राखेको छ। उनीहरुले फरक फरक समयमा नेपाल प्रवेश गरेको बयान प्रहरीलाई दिएका छन्।

१४ जनाले डिसेम्बर १७ मा मोरङको जोगबनी नाकाबाट प्रवेश गरेको बताएका छन्। त्यसपछि सुनसरी र सप्तरी मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएर वीरगन्ज आएको उनीहरुले बताएका छन्।

अर्को मस्जिदमा फेला परेका ८ जना भारतीयले भने गोरखपुरबाट बुटवलहुँदै जनवरी १७ तारिखमा नेपाल प्रवेश गरेको बताएका छन्। बुटबलबाट काठमाडौँ आएर त्यसपछि सप्तरी पुगेको बयान उनीहरुले पर्सा प्रहरीलाई दिएका छन्।

सप्तरीमा धार्मिक कार्यक्रममा सहभागी भएर वीरगन्ज आएको बताएपनि यसमाथि विश्वास गर्ने आधार नरहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

‘चार महिना पहिले नै नेपाल आएका हुन् भने उनीहरुमा कसरी कोरोना संक्रमण भेटियो? कि उनीहरुले बयान ढाँटेको हुनुपर्छ कि, मस्जिदमा आउनेबाटै संक्रमण भएको हुनुपर्छ,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘हामी अनुसन्धान गर्दैछौं।’

प्रहरीले आइतबारबाट उनीहरुसँग छुट्टाछुट्टै बयान लिनेसँगै कन्ट्रयाक ट्रेसिङ पनि सुरु गरेको छ। उनीहरु पुगेका मस्जिद र भेटेका व्यक्तिहरुको पनि खोजी सुरु गरेको छ। उनीहरुको साथमा कुनै कागजात समेत फेला नपरेकाले थप शंका गर्ने ठाउँ रहेको बस्नेतले बताए।

संक्रमित भेटिएसँगै पर्सामा लकडाउनलाई थप कडाइ गरिएको छ। वीरगन्ज नगरपालिका २ र आसपासका क्षेत्र सिलबन्दी गरिएको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

संक्रमण देखिएका तीन जनालाई नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा राखिएको छ। उनीहरुसँगै वीरगन्ज महानगरपालिका २ को मस्जिदमा रहेका ७ जना नेपाली पनि क्वारन्टिनमा छन्।

यीमध्ये ५ जनाको परीक्षण हुन बाँकी छ। उनीहरुलाई शनिबार नियन्त्रणमा लिइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .