रसुवास्थित भोटेकोसीमा आएको बाढीले सडक बगाएपछि १५० जना चालक चीनतर्फ बोर्डरमा अलपत्र परेका छन्। उनीहरूलाई नेपाल फर्काइदिन चालक संघले अनुरोध गरेको छ।
चालक संघ धादिङका अध्यक्ष नारायण पन्तले चीनतर्फ फसेका चालकको सूचीसहित गृहमन्त्रीलाई उद्धारका लागि निवेदन दिएका हुन्।
निवेदनमा भनिएको छ, ‘चाइनाको बोर्डरमा गाडी चालकहरू १५० जना केही दिनदेखि पहिरो, बाढीका कारण फसेर बसेको कुरा अवगत गराउँदछौँ। अहिले पनि उनीहरू नेपाल फर्किन पाएका छैनन्। त्यस कारण घर परिवारमा चिन्ता थपिएको छ। तसर्थ तत्काल पहल गरी उद्धार गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।’
भोटेकोसीमा आएको बाढीले बगाएर केही चालक पनि बेपत्ता छन्। ६ चिनियाँसहित १९ जना अझै बेपत्ता छन्। असार २४ गते आएको बाढीका कारण हराइरहेका मानिसहरूको सुरक्षार्कीले खोजी जारी राखेका छन्।
केही शव र मानव अङ्ग फेला परे पनि सनाखत हुन सकेको छैन। ती शव डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा राखिएको छ।
अलपत्र चालकको सूची र निवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाउँदैः





Shares

प्रतिक्रिया