समाज


पीसीएल नर्सिङको सिट २८५ संस्थालाई वितरण, मेडिकल कलेजलाई पनि दिन प्रधानमन्त्री इच्छुक

पीसीएल नर्सिङको सिट २८५ संस्थालाई वितरण, मेडिकल कलेजलाई पनि दिन प्रधानमन्त्री इच्छुक

चिकित्सा शिक्षा आयोगको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
असार ३२, २०८२ बुधबार २३:४, काठमाडौँ

चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको २० औँ बैठकले अनुगमन र  मूल्यांकनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण गरेको हो।

आंगिक, गैरनाफमूलक (प्रतिष्ठान-साझेदारी) र निजी गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा मेडिकल कलेजहरुलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन पनि बैठकमा टेबल भएको छ।

कार्यदलले बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झालाई हस्तान्तरण गरे।

बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ। 

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०७५ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने धारणा पनि राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad