समाज


महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु, अर्का घाइते

महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु, अर्का घाइते

नेपालखबर
असार ३२, २०८२ बुधबार १७:१०, काठमाडौँ

महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा महिलाको मृत्यु भएको छ।

ज.५ प ५०१४ नम्बरको मोटरसाइकल र बीआर ०७ एजी ८१३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका–४ बस्ने ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका ज.५ प ५०१४ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ।

प्रहरीले हाल फरार बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad