ad ad

समाज


विधार्थीलाई सघाउन एक्सपर्टको २ लाख अष्ट्रेलियन डलरको सहयोग कोष, कसरी लिने?

विधार्थीलाई सघाउन एक्सपर्टको २ लाख अष्ट्रेलियन डलरको सहयोग कोष, कसरी लिने?

नेपालखबर
चैत ३०, २०७६ आइतबार १३:५६,

एक्सपर्टले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण अध्ययनका लागि अस्ट्रेलिया आएका अन्तरास्ट्रिय बिद्यार्थीहरु बढी प्रभावित भएकाले उनीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण आफूहरुको कोष स्थापना गरेको जनाएको छ।

एक्स्पर्टले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको उक्त कोष स्थापना गरिएको जनाइएकाे छ।

कोरोनाभाइरसको महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय विद्यार्थीको रोजगारीमा पनि असर गरेको यथार्थलाइ मध्यनजर गर्दै यो निर्णय गरिएको एक्सपर्टले जनाएको छ।

१ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि कोषबाट सहयोग गरिने एक्पर्टले जनाएको छ।

सहयोग आवश्यक हुने बिद्यार्थीहरूले फाउन्डेसनको https://eevs.co/covid19-assistanceमा गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने मापदण्ड अध्ययन गर्न एक्सपर्टले अनुरोध गरेको छ।

साथै, कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा हामीलाई आफूहरुलाई सम्पर्क गर्न समेत एक्सपर्टको अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .