ad ad

समाज


राहतमा भ्रष्टाचार भएको बहस भएपछि रेडियो कार्यालय घेर्न गए वडाअध्यक्ष

राहतमा भ्रष्टाचार भएको बहस भएपछि रेडियो कार्यालय घेर्न गए वडाअध्यक्ष

नेपालखबर
चैत ३०, २०७६ आइतबार १३:४१,

राहत वितरणमा अनियमितता भएको कुरा रेडियो कार्यक्रममा प्रस्तुत भएपछि धनगढी उपमहानगरपालिका एक वडाअध्यक्ष रेडियोको कार्यालय घेर्न गएका छन्।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समूहले आइतबार तातो बहस कार्यक्रममा अनियमितताको बहस भएको भन्दै रेडियो धनगढीको कार्यालय घेराउ गर्न आएको रेडियो तथा कार्यक्रम सञ्चालकले जनाएका छन्।

आइतबार बिहान कार्यक्रममा राहात वितरण गर्नुपर्ने चामल तथा दाल वडाअध्यक्षले जम्मा गरि राखेको भन्दै बहस भएपछि वडाअध्यक्ष मुडभरीसहित ६ जना समर्थकहरु रेडियोको कार्यालय घेराउ गर्न आएकाे प्रस्तोता नवराज धानुकले बताए।

कार्यालयमै आएर वडाअध्यक्षले पत्रकारमाथि दुर्व्यवहार गरेको र आफू असुरक्षित भएको पत्रकार धानुकले गुनासो गरेका छन्।

यस्तै रेडियो धनगढीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा प्रस्तुत रिपोर्ट तथा विषयलाई लिएर मुडभरीले गरेको अभद्र क्रियाकलापको भर्सना गरेको छ। समाचारमा असहमती भए कानुनी उपाय छदाछँदै कार्यालय घेराउ गरी त्यहाँ कार्यरत सञ्चारकर्मीमाथि आक्रमणको प्रयास निचताको पराकाष्ठा रहेको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै नेपाल पत्रकार महासंघले पनि रेडियो धनगढी एफएमको कार्यालयमा आक्रमणको प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले रेडियो धनगढी एफएमको कार्यालय परिसमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रकाशित÷प्रसारित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै जिम्मेवार व्यक्तिबाट भएको यस्तो गैरजिम्मेवार कार्यले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको महासंघ ठम्याई छ। महासंघले प्रेस स्वन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेको छ। 

यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले एक विज्ञप्ति जारी गर्दै राहात वितरण सम्बन्धि विषयमा कार्यक्रम प्रस्तोता धानुक र वडाध्यक्ष मुडभरीबीच चर्काचर्की भएको र त्यसलगत्तै मुडभरीसहितका केही व्यक्ति एफएम परिसरमा पुग्नुले सञ्चार गृह तथा प्रस्तोतामाथि अनुचित दबाब श्रृजना गर्न खोजिएको उल्लेख गरेको छ। 

संघले घटनामाथि सत्यतथ्य बाहिर ल्याई संग्लनलाई कारवाही गर्न माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .