यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।
गएराति मोबाइल फोन चार्जरबाट छुटाउने क्रममा करेन्ट लागेर राई गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए।
घटनाका बारेमा जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख एसपी प्रतीक विष्टले जानकारी दिए। रासस
249
Shares

प्रतिक्रिया