समाज


स्पेन घटना छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति

स्पेन घटना छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति

नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:४४, काठमाडौँ

भिजिट भिसामा स्पेन गएर लुकेको भन्ने विषयमा प्रहरीले छानबिन सुरु गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर छानबिन अगाडि बढाइएको सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। 

समितिमा मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर र सीआईबीका अधिकारीहरू छन्। समितिको पहिलो बैठक मंगलबार दिउँसो सीआईबीमा जारी छ।  

समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को को गए? उनीहरु फर्किए कि फर्किएनन्? उनीहरूलाई त्यहाँ के कसरी पठाइयो र को को संलग्न छन् भन्ने छानबिन गर्नेछ। यो समितिको प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अगाडि बढाउने छ। 

रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा गएका केही नेपालीहरू नफर्किएको विषय संसद्‌मा उठाएकी थिइन्।

त्यसपछि गृहमन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणी दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर यो विषयमा अनुसन्धान अगाडि बढाउन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad