समाज


जाजरकोटमा सय मिटर तल खस्यो ट्रयाक्टर, चालकको मृत्यु, सहचालक घाइते

जाजरकोटमा सय मिटर तल खस्यो ट्रयाक्टर, चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:४४, काठमाडौँ

जाजरकोटको भेरी नगरपालिका–१० आलिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

फेराबाट छेडाचौरतर्फ जाँदै गरेको क.प्र.०१–००२ त ०६०७ नम्बरको ट्रयाक्टर सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना भएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा चालक सोही नगरपालिका–९ बस्ने २० वर्षीय धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ।

घाइते भएका ट्रयाक्टरका सहचालकलाई थप उपचारको लागि मिसन अस्पताल चौरजहारी रूकुम पश्चिम पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad