चोरी पैठारी गरी ल्याएका दुईवटा कारसहित दुईजनालाई काठमाडौँका छुट्टा छुट्टै स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
बा १६ च ३१३१ नम्बरको स्वीफ्ट कारसहित रामेछापको दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धन बहादुर तामाङलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोबाट शुक्रबार पक्राउ परेका हुन्।
यस्तै, बा १६ च ४० १७ नम्बरको स्वीफ्ट कार सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौँको बौद्धबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
अनुसन्धानको क्रममा दुईओटै कारहरू यातायात व्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारीक कम्पनीमा समेत अभिलेखमा रहेको नदेखिएको प्रहरीको भनाई छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।
Shares

प्रतिक्रिया