सरकारले वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई आइतबार विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो।
ऊर्जासचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) कृष्णप्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गरेका थिए।
सचिव आचार्यले आयोजना निर्माणको कामलाई समयमै सम्पन्न गर्न आग्रह गरेका हुन्। भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
अनुमतिपत्र प्रदान कार्यक्रममा मन्त्रालयका सहसचिव, विद्युत् विभागका महानिर्देशकका साथै प्रतिनिधिसभा सदस्य हृदयराम थानी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाहलगायतको उपस्थित थिए।
उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका सीईओ आचार्यले आयोजनालाई निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानीसहित कुल लागत करिब ९३ अर्ब रहने अनुमान गरिएको छ।
बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी र २५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको लगानी रहनेछ।
Shares

प्रतिक्रिया