ad ad

समाज


एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:५६,

विदेशमा रहेका नेपालीले काेराेनाका  कारण सामना गर्नुपरिरहेकाे समस्या सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

संघको काठमाडौँस्थित सचिवालयबाट २४सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आफ्ना समस्या टिपाउन सक्नेछन्। भाइवर, ह्वाट्सएपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

बिहान ८ देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजेसम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने संघका महासचिव हेमराज शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .