ad ad

समाज


वीरगन्जकाे मस्जिदमा बसेका तीन भारतीय कारोना कोरोना संक्रमित: स्वास्थ्य मन्त्रालय

वीरगन्जकाे मस्जिदमा बसेका तीन भारतीय कारोना कोरोना संक्रमित: स्वास्थ्य मन्त्रालय

नेपालखबर
चैत ३०, २०७६ आइतबार ८:८,

वीरगञ्जको एक मस्जिदमा रहेका तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले आइतबार वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको बताएको हो।

संक्रमित ३७, ५५ र ४४ वर्षीय तीन पुरुष रहेको मन्त्रालयले जनाएको छ।

कोरोना देखिएका तीन जनालाई भने त्यसपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।

यो पनि  :  ३ जनालाई कोरोना पुष्टि भएपछि मस्जिदका अध्यक्ष, धर्मगुरुसहित २६ जना क्वारेन्टिनमा

हेटौँडामा उनीहरुको स्वाब परीक्षण गर्दा कोभिड–१९ संक्रमण भएको रिपोर्ट आएपछि शनिबार राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षण गराउँदा ३ जनामा संक्रमण रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्न्त्रालयले तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुको सम्पर्कमा रहेका, आफन्त र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक ट्रेसिङ गरिरहेको जनाएको छ।

सो रिपोर्ट आउनासाथ पर्सा प्रहरीले मस्जिदका अध्यक्ष र त्यहाँका धर्मगुरुसहित थप ५ जनालाई समेत क्वारेन्टिनमा राखेको छ।

अहिले मस्जिदका २६ जना सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .