समाज


भोटेकोसीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव फेला

भोटेकोसीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव फेला

नेपालखबर
असार २६, २०८२ बिहिबार २२:५, काठमाडौँ

असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरूमध्ये थप २ जनाको शव फेला परेको छ।

एउटा शव चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र अर्को नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। अन्य बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोसी र त्रिशूलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ।

नदीमा आएको बाढीका कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई १ सय ४३ जनालाई सुरक्षितसाथ गन्तव्यतर्फ पुर्‍याएको छ।    
त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजि हेलिकप्टर कम्पनी मार्फत सुरक्षित स्थानमा सारिएको हो। 

त्यसैगरी चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकहरूलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरूको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितसाथ बस्न र खानाको व्यवस्था मिलाइएको सशस्त्रले जनाएको छ। विपद्को कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका ४ वटा ईभि साधन र ४ वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको छ भने कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको छ। 

त्यस्तै सो क्षेत्रमा अवरुद्ध भएको संचार र विद्युत  संचालनमा ल्याइएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायहरुलाई निरन्तर परिचालन गरी आजदेखि सुचारु गराएको हो।

विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढी सडकखण्डलाई यथासिघ्र सुचारु गर्नको लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र  बाटो सुचारु गर्नको लागि आवश्यक समन्वय समेत भईरहेको बताइएको छ। 

असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको थियो।

असार २४ गते मध्यरातमा आएको बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बगाई बेपत्ता भएका थिए। हालम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ।

फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad