समाज


कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

नेपालखबर
असार २६, २०८२ बिहिबार १५:२८, कञ्चनपुर

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका १ बन्साहामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कलुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट भट्ट घाइते भएकी थिइन्।

उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए।

पैदलयात्री महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad