ad ad

समाज


नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता १८ वर्षीय युवा मृत भेटिए

नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता १८ वर्षीय युवा मृत भेटिए

नेपालखबर
चैत २९, २०७६ शनिबार ११:५२,

नारायण नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवा मृत भेटिएका छन्।

चितवनको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्कस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव सशस्त्र प्रहरीको टोलीले निकालेको हो।

शनिबार नदीमा पौडी खेल्ने क्रममा भरतपुर महानगर २ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा डुबेर बेपत्ता भएका थिए।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदीबाट बाहिर निकालेको हो।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .