समाज


रसुवामा बाढी: उद्धारका लागि हेलिकप्टर घटनास्थलमा

रसुवामा बाढी: उद्धारका लागि हेलिकप्टर घटनास्थलमा

नेपालखबर
असार २४, २०८२ मंगलबार १३:३७, रसुवा

नेपाल–चीन सिमानाको ल्हेन्दे खोला (भोटेकोसी) मा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ। ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिए। उनीहरुको उद्धारको प्रयास जारी रहेको उनले बताए।  

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए। 

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल पनि बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ। 

बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका  मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ।

क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad