समाज


रसुवामा बाढीले १८ जना बगाएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै

रसुवामा बाढीले १८ जना बगाएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै

नेपालखबर
असार २४, २०८२ मंगलबार ११:१६, काठमाडौँ

रसुवागढीमा बाढीले ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।

मन्त्रालयका अनुसार घटनाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिकाे संयुक्त बैठक राख्न लागिएकोहो। 

बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीमा परी ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन्।

उनीहरूको खोजी जारी छ। 

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ। 

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ। 

रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा पनि बेपत्ता भएका हुन्।

बाढीमा ती ३ प्रहरी, ९ नेपाली नागरिक र ६ चिनियाँ नागरिक हराइरहेका छन्। बेपत्ता प्रहरीको परिचय खुले पनि यो खबर बनाउँदासम्म ९ नेपाली र ६ चिनियाँ नागरिकको भने पहिचान खुलिसकेको छैन। 

बाढीबाट भएका क्षतिको विवरण यस्तो छ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad