नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली नदीमा फसेका दम्पतीलाई हेलिकप्टरको सहायताले निकालिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर नगरपालिका-१ लभडाँडा मिलन चौतारावासी वर्ष ६७ का पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङलाई त्रिशूली नदीबाट उद्धार गरिएको हो।
किनारामा दाउरा टिप्प जाँदा चीनमा भएकाे वर्षाका कारण त्रिशूली नदीमा एक्कासि आएको बाढीमा उनीहरू फसेका थिए।
उनीहरूलाई हेलिकप्टरको मद्दतमा बाढीबाट निकालिएको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले उद्धार बेलाको भिडिओ पनि सार्वजनिक गरेको छ।
हेर्नुहोस्:
237
Shares

प्रतिक्रिया