ad ad

समाज


‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ले बेवास्ता गरेपछि गाउँपालिकाद्वारा गर्भवतीको उद्धार

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ले बेवास्ता गरेपछि गाउँपालिकाद्वारा गर्भवतीको उद्धार

नेपालखबर
चैत २९, २०७६ शनिबार ३:९,

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

खुम्बु पासाङल्हामु २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत शुक्रबार उद्धार गरेको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए।

सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी गर्भवतीलाई काठमाडौँ लगिएको छ।

पेटमा शिशु उल्टो बसेको कारण शल्यक्रिया गर्नुपर्ने भएपछि उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ। शेर्पालाई काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था हुँदै आएको छ।

तर उक्त कार्यक्रम मार्फत् बिहीबारै उद्धारको प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष शेर्पाले बताए।

सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उनले बताए।

करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो। हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थामा भने हेलिकोप्टरमार्फत काठमाडौँ लैजानुको विकल्प हुँदैन।

भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .